अब जथाभावी बाटो काट्ने पैदल यात्रीलाई १०० देखी ५०० रियाल सम्म जरिवाना हुने
जेब्रा क्रसिङ, आकाशे पुल, सब-वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? कि फुटपाथ छाडेर सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यी बानी छन् भने त्यागिदिनुस् किनभने अब कतार ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक सम्बन्ध विभाग को सहकार्यमा ट्राफिक महाशाखाले आईतवार दोहामा एक कार्यक्रम गर्दै अगस्ट १ तारिक देखी लागु हुने गरी १००,२०० र ५०० रियाल सम्म जरिवानाको बारेमा जानकारी गरएको छ ।
सडक दुर्घटनामा जथाभावी बाटो काट्ने प्रवृत्ति पनि प्रमुख कारक मान्दै ट्राफिक प्रहरी महाशाखाले यो नियमलाई कडाइका साथ लागू गर्न लागेको उक्त कार्यक्रममा सहभागी नेपाली प्रतिनिधी प्रो.रमजान अलि मियाँले क्युएनखबर लाई जानकारी गराउनु भएको छ ।
ट्राफिक नियम अनुसार, त्यहाँ तीन प्रकारका दण्डहरू हुनेछन् ।
१. सार्वजनिक सडकमा हिँड्ने पैदलयात्रीले पेटी प्रयोग नगरे वा पेटी नभएको ठाउँमा चालकको विपरीत दिशातर्फको क्यारिजवेको सबैभन्दा देव्रेतिरको बाटो प्रयोग नगरे यानी उल्टो दिशा तर्फ तिर हिंडेमा कतारी १०० रियाल जरिवाना हुनेछ ।
२. बाटो काट्दा दूरी र नजिकै आइरहेको सवारी साधनको गतिलाई पनि ध्यानमा राख्नुहोस् । यदि पैदल यात्रीहरूले बाटो पार गर्दा क्रसिङ क्षेत्रहरू प्रयोग नगरेमा कतारी २०० रियाल जरिवाना हुनेछ ।
३ . दुर्घटनाबाट जोगिन बाटो काट्नको लागि तोकिएको ठाउँमा पनि ट्राफिक बत्तीको सम्मान गर्नुहोस् । । यदि पैदल यात्रीहरूले गाडी गूड्ने हरियो र पहेलो बत्तीबलेको बेला बाटो काटेमा, प्रहरीले सवारी साधनलाई गूड्ने अनुमति दिएको बेला होस् वा यदि कुनै पनि सैन्य परेड भएकोबेला बाटो काटेमा कतारी ५०० रियाल जरिवाना हुनेछ ।
“जथाभावी बाटो काट्दै नकाटौ , सभ्य नागरिकको परिचय दिऔं । “