बिज्ञापन

अमिर कपको फाइनल खेलका लागि जम्मा २० हजार टिकट बिक्री गरिने

कतारको राष्ट्रिय दिवस डिसेम्बर १८ मा हुन गैरहेको अमिर कप प्रतियोगिताको फाइनल खेलका लागि जम्मा २० हजार टिकट बिक्रीका लागि राखिने भएको छ । त्यसमध्ये आधा टिकट कोरोनाभाइरसबाट निको भएका दर्शकको लागि छुट्टाईएको कतार फुटबल एसोसिएसनले जनाएको छ ।

अल साद र अल अरबी बिच हुने फाइनल खेल हेर्न दर्शकले कोरोनाभाइरस बाट निको भएको वा पिसिआर जाँच गरि नेगेटिभ आएको रिपोर्ट देखाउनु पर्नेछ । साथै एक कतारी आईडीका लागि एक मात्र टिकट बिक्री गरिने क्युएफएले बताएको छ । त्यस्तै भाइरस विरुद्ध सरकारले जारी गरेको मास्कको प्रयोग,सामाजिक दुरी कायम लगायतका सावधानीको नियम पनि अनिवार्य रुपले पालना गर्नुपर्नेछ ।

खेलको टिकट हालसम्म बिक्रीका लागि राखिएको छैन । तर टिकट खरिद गर्न आफ्नो नाम पहिले नै दर्ता गर्नुपर्नेछ । आफ्नो नाम दर्ता गर्न यहाँ थिच्नुहोस । 

फाइनल खेल आयोजना गर्न सोही दिन अल रेयान रंगशालाको उद्घाटन पनि हुँदैछ । सन् २०२२ मा हुने फिफा विश्वकपका लागि तयार भएको यो चौथो रंगशाला हुनेछ ।

खलिफा,अल जनौब,वक्रा र एजुकेसन सिटी रंगशाला पछि उद्घाटन हुने रय्यान रंगशाला कतारले आयोजना गर्ने फिफा विश्वकपका लागि आठ मध्ये चौथो रंगशाला हुनेछ । जम्मा ४० हजार दर्शक सिट क्षमता भएको यस रंगशालामा २०२२ विश्वकपको अन्तिम १६ सम्मका खेलहरु सन्चालन हुनेछ ।

चम्किलो वस्तुको आकारमा निर्माण भएको रंगशालाले परिवारको महत्त्व, मरुभूमिको सौन्दर्य, मूल वनस्पति र जीव जन्तु, र स्थानीय र अन्तर्राष्ट्रिय व्यापार पक्षलाई चित्रण गरेको छ ।

रंगशाला पुग्न दोहा मेट्राेको ग्रीन लाइन अन्तर्गत अल रिफा स्टेशन जान सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button