"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अरब कपमा २०२२ मा खेलाडीको अफसाइड पोजिसन पत्ता लगाउने प्रविधि परीक्षण गर्दैछ फिफा

फिफाले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियाेगितामा खेलाडीहरू अफसाइड पोजिसनमा छ वा छैन भनेर थाहा पाउने प्रविधिको परिक्षण अहिले कतारमा जारी अरब कपमा २०२२ बाट गरिरहेको खुलासा गरेको छ ।

आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेको फिफाले सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी, जसलाई लिम्ब ट्रयाकिङ पनि भनिन्छ, प्रयोग गरेर खेलाडीहरू अफसाइड भए/नभएको पत्ता लगाउने सकिने जनाएको छ ।

स्टेडियमको छतमा क्यामेराहरू सेटअप गरिनेछ, जसले भिडिओबाट लिम्ब डेटा निकालेर अपरेटिङ रुममा बसेका अधिकारीहरूलाई खेलाडी अफसाइड पोजिसनमा भएको जानकारी तत्कालै उपलब्ध गराउनेछ ।

बीबीसीमा प्रकाशित लेखका अनुसार करिब १० देखि १२ वटा क्यामेराले एकजना खेलाडीको डेटा संकलन एक सेकेन्डमा ५० पटक गर्नेछ ।

योभन्दा अगाडिका खेलमा भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग गरिएको थियो, जुन विवादमा पनि आएको थियो ।

हाल, भीएआरले खेलाडीहरू अफसाइड छन् कि छैनन् भनी पुष्टि गर्नको लागि भिडिओ फिडको विश्लेषण र पिचमा रेखाहरू कोर्ने काम गर्दछ । तर सो भिडिओ फुटेजमा धेरैजसो समयमा खेलाडीको स्थितिको विषयमा निश्चित फुटेज संकलन गर्न सक्दैन ।    – टेक पाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
36
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button