अल वाब स्ट्रिटको ५.५ किलोमिटर लामो सडक विस्तारको काम सकियो
सार्वजनिक निर्माण प्राधिकरण (असघाल)ले अल वाब स्ट्रिटको ५.५ किलोमिटर लामो सडक विस्तारको काम सकाएको छ ।
अल अजिजिया, मेहेरजा, बाया, लुएब, मुरैख र मुएथरको ट्राफिक आवागमन सहज बनाउन असघालले केही महिना अघि मात्र काम सुरु गरेको थियो ।
ट्राफिकको लागि खुला भएपछि दोहा एक्सप्रेसवे, सबा अल अहमद कोरिडोर, अल फुरुसिया र अल सैलिया स्ट्रिटबाट आउने सडक प्रयोगकर्ताको लागि यो सल्वा रोडको वैकल्पिक मार्ग बनेको छ ।
विस्तार कार्य अन्तर्गत सडकलाई तीन बाट चार लेनमा बढाइएको छ र महिरजा, खलिफा ओलम्पिक सिटी,स्पोर्ट्स हल र बाया ईन्टरसेक्सन जोड्ने गरी चारवटा जंक्शन पनि विकास गरिएको छ । फलस्वरूप १२,००० बाट प्रतिघण्टा १६,००० सवारी साधन धान्ने सडकको क्षमता बढेको छ ।
त्यस्तै तीन किलोमीटर साइकल लेन र १५ किलोमीटर फुटपाथको पनि निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
4
मनपर्यो
17
खुसी लाग्यो
3
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
2
रीस उठ्यो