बिज्ञापन

अवैध भिसा व्यापार गर्ने एक पक्राउ

आन्तरिक मन्त्रालय अन्तर्गतको अपराध अनुसन्धान विभागले अवैध भिसाको व्यापार गर्ने एक एसियन मुलका नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

उनको साथ बाट एक थान ल्यापटप,१३ एटिएम र ४ आईडी बरामद गरिएको छ । उनले नक्कली कम्पनीको नाममा भिसा व्यापार गर्ने गरेको पनि खुलेको छ ।

अवैध भिसाको व्यापार गर्ने र अवैध काम लगाउने कम्पनीलाई ढुक्क भएर उजुरी गर्न विभागले सम्पूर्ण स्थानिय तथा आप्रवासीलाई आग्रह समेत गरेको छ।उजुरी गर्न विभागको हटलाइन नम्बर ५०७०१०८९ रहेको छ । उजुरी सातै दिन २४ सै घण्टा अरबी,अङ्ग्रेजी र हिन्दी भाषामा गर्न सकिन्छ।

कतारमा अवैध रुपमा भिसाको व्यापार गर्नेलाई तीन वर्षको जेल सजायसंगै एक लाख रियाल सम्म जरिवाना हुने कानून छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button