अवैध भिसा व्यापार गर्ने ४० जना पक्राउ
आन्तरिक मन्त्रालय अन्तर्गतको सर्च एन्ड फलो अप विभागले अवैध रुपमा भिसा व्यापार गर्ने ४० जनालाई पक्राउ गरेको छ।२०१५ को कानून नम्बर २१ बमोजिम आप्रवासी तथा नागरिकको आगमन र गमनको नियम उल्लंघन गरेको आरोपमा ती व्यक्तिहरू पक्राउ परेको मन्त्रालयले बताएको छ।
‘अवैध भिसा व्यापार गर्नेलाई पक्राउ गर्न हाम्रो अनुसन्धान सफल भएको छ।यस्ता भिसाले देशमा श्रमिक समस्या बढाउने गर्दछ।,’विभागका प्रमुख ब्रिगेडर अब्दुल्ला जबेर अल लब्दाले बताएका छन्।
अवैध भिसाको व्यापार गर्ने,अवैध काम लगाउने कम्पनीलाई ढुक्क भएर उजुरी गर्न विभागले सम्पूर्ण स्थानिय तथा आप्रवासीलाई आग्रह समेत गरेको छ।उजुरी गर्न विभागको हटलाइन नम्बर ५०७०१०८९ रहेको छ।उजुरी सातै दिन २४ सै घण्टा अरबी,अङ्ग्रेजी र हिन्दी भाषामा गर्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो