"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अवैध व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने

कतारमा विभिन्न कारणले अवैध भएका कामदारले कम्पनी खोजेर काम गर्न पाउने भएको छ ।

वर्किङ भिसामा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने कतारस्थित नेपाली दूतावासले बताएको छ ।

नयाँ कम्पनीको अफर लेटर र अन्य कागजात सहित मन्त्रालयको कुनै शाखा कार्यालयमा गई निवेदन दिए हालसम्मको जरिवाना तथा सजाय मिनाहा हुने र काम पनि गर्न पाउने यहाँको आन्तरिक मन्त्रालयबिच भएको कुराकानीबाट थप सूचना आएको दूतावासले जानकारी गराएको छ ।

निवेदन दिनुपर्ने स्थान :

१. उम सलाल सर्भिस सेन्टर

२. उम सुनाइम सर्भिस सेन्टर

३. मिसाइमिर सर्भिस सेन्टर

४. अल रय्यान सर्भिस सेन्टर

५. अल वक्रा सर्भिस सेन्टर

त्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ ।

कतार सरकारले अवैध कामदारलाई आउने ३१ डिसेम्बर सम्म आममाफी दिने घोषणा यसअघि नै गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button