आइपिएल क्रिकेट : राजस्थानमाथि चेन्नईको जित
इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हरायो ।
जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । राजस्थानका बेन स्टोकले ४५ तथा जोस बट्लरले २२ रन बनाए पनि अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । चेन्नईका लागि सेन वाट्सनले १ सय ६ तथा सुरेश रैनाले ४६ रन बनाए । ५७ बल खेलेका बट्लरले ९ चौका र ६ छक्का हानेका थिए । यो जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो