बिज्ञापन

आज कतार र ओमानको खेल हुँदै

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत समूह ई को खेलमा आज कतारले ओमानको सामना गर्दैछ ।

जस्सिम बिन हमाद रंगशालामा राति ८ बजे हुने खेलमा कतार समुहको शिर्ष स्थानमा यथावत बस्ने दाउमा छ । शिर्ष स्थान पक्का गर्न कतारलाई आज बराबरी गरे पुग्नेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको कतार ७ खेल खेल्दै १९ अंकका साथ पहिलो स्थानमा छ । त्यस्तै ५ खेल खेल्दै १२ अंकका साथ ओमान दोस्रो स्थानमा छ ।

सोहि समुहको बाङ्लादेश र भारतले बेलुका ५ बजे खेल्नेछ ।

नेपाल र जोर्डन

सोहि प्रतियोगिताको समूह बी को खेलमा आज नेपाल र जोर्डनबिचको खेल पनि हुँदैछ ।

समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। जोर्डनलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।

समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।

१५ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका पाँचै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान १०-१० अंक जोडेका छन्।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका ६ खेलमै हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button