बिज्ञापन

इरानबाट फिर्ता ल्याईएका नागरिकलाई क्वारेन्टाइनमा राखियो

इरानमा कोरोना भाइरसको महामारी फैलिएपछी त्यहाँ रहेका आफ्ना नागरिकलाई कतारले उद्दार गरि स्वदेश फिर्ता ल्याएको छ । सरकारी सञ्चार कार्यालय (जीसीवो)ले आज बिहान एक वक्तव्य जारी गर्दै आफ्नो नागरिक फिर्ता ल्याएको जनाएको हो ।

फिर्ता ल्याएका नागरिकलाई एक होटेलमा राखिएको र त्यहाँ उनीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा स्वास्थ्य तथा पूरा सुविधाका साथ राखिने जीसीवोले बताएको छ । सरकारले नागरिकको संख्या तथा होटेल बारे भने जानकारी उपलब्ध गराएको छैन ।

स्वास्थ्य मन्त्रालयले हालसम्म कतारमा कोरोना भाइरसको बिरामी नरहेको पुन दोहोर्याएको छ । झुटा समाचारका पछि नलाग्न र सहि समाचार तथा सुचनाका लागि आधिकारिक श्रोत प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

यसै बिच कोरोना भाइरसको बिरामी बारे नयाँ जानकारी सरकारले आज बेलुका सम्म दिने कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button