ई-पासपोर्ट कसरी बनाउने ?
कतारस्थित नेपाली दूतावासले विधुतिय राहदानी (ई-पासपोर्ट ) जारी गर्न सुरु गरिसकेको छ ।
एमआरपी राहदानीको म्याद सकिनु भन्दा ६ महिना अगाडी ई-पासपोर्टको लागि आवेदन दिन सकिन्छ । सो भन्दा बढी म्याद भएको राहदानी वाहकले ई पासपोर्ट जारी गर्न मिल्दैन ।
राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा दूतावासले यात्रा अनुमति पत्र जारी गर्नेछ ।
ई-पासपोर्ट जारी गर्न सुरुमा अनलाइन फारम भरेर आवेदन दिने मिति र समयको एपोइन्टमेन्ट लिनुपर्दछ ।
यस्तो छ ई पासपोर्ट बनाउने पुरा तरिका
१. राहदानी विभागको वेबसाईटमा जानुहोस ।
२. Apply for e-passport मा थिच्नुहोस ।
३. निवेदनको प्रकार रोज्नुहोस ।
•पहिलोपटक राहदानी लिन (कतारमा जन्मेको हकमा)
•म्याद सकिएको राहदानी नवीकरण गर्न
•हराएको/ चोरिएको सट्टामा
•बिग्रेको राहदानीको सट्टामा
४. ३४ वा ६६ पेजको राहदानी रोजेर proceed मा थिच्नुहोस ।
५. फारममा सोधिएको विवरण भर्नुहोस ।
भर्नुपर्ने विवरण
जनसाङिख्यकी जानकारी
नागरिकता सम्बन्धी जानकारी
आवेदकको सम्पर्क विवरण
जरुरी परेमा सम्पर्क गर्ने विवरण
हालको राहदानीको विवरण
६. राहदानीको अगाडी पछाडिको फोटो अपलोड गर्नुहोस ।
७. Appointment country मा दोहा रोज्नुहोस । र एपोइन्टमेन्टको लागि मिति र समय रोजेर बुक गर्नुहोस ।
८. एपोइन्टमेन्टको प्रक्रिया सफल भए Request number सहित बारकोड भएको फारम डाउनलोड गर्ने अप्सन आउनेछ । फारमलाई डाउनलोड गरेर राख्नुहोस ।
९. फारममा केही सच्याउन परे Request number हालेर सच्याउन सकिन्छ । त्यसैले Request number राम्रो संग राख्नुहोस ।
१०. आफुले पाएको एपोइन्टमेन्टको मिति र समयमा पहिले भरेको फारम र फारम भर्दा अपलाेड गरिएको कागजपत्र बोकेर दूतावास जानुहोस ।
११. बाँकी काम दूतावासमा हुनेछ ।
अनलाइन अपलोड गर्नुपर्ने कागजपत्र
नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै । सकेसम्म कलर कपी ।
हालको राहदानीको अगाडी पछाडीको कलर फोटो
हालको राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
१६ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागि
-बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
-बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।
कतारमा जन्मेको बालबालिकाको हकमा पहिलो पटक ई-पासपोर्टका लागि आवेदन गर्दा यहाँबाट जारी जन्मदर्ता प्रमाणपत्र कतारको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी दूतावासको कन्सुलर शाखाबाट प्रमाणित गरेको प्रति तर यस प्रक्रियाबाट एकपटक राहदानी लिईसकेकाहरुको हकमा राहदानी नविकरणका लागि आवेदन गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको नाबालक परियचपत्र अनिवार्यरुपमा पेश गर्नुपर्ने ।
नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
ई-पासपोर्टको शुल्क
नवीकरण शुल्क – १८० रियाल
हराएमा/ बिग्रेमा – ३७० रियाल
One Comment