एकै दिन एक हजार बढी संक्रमित थपिए
कतारमा कोरोना संक्रमितको संख्या केहि दिन देखि तिब्रताको साथ उकालो लागेको छ ।
आज देशभर थप १,१७७ जनामा कोरोना भाइरस संक्रमण र १८६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ८२६ जना स्थानिय र ३५१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,५३,५३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ३३,६६३ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या : ३१,९१,६५१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३४६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ३२ जना
निको हुनेको संख्या : २,४६,०७६
आज सम्म खोप वितरण : ५२,२४,०४०
बुस्टर डाेज खोप वितरण : २,९०,८१८
आजको खोप वितरण : १०,०९५
निको हुन बाँकीको संख्या : ६,८४२
ज्यान जानेको संख्या : ६१८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।