बिज्ञापन

एमसीसी सम्झौता संसदबाट पारित, विरोधमा भोली विप्लव लगायतका दलद्धारा नेपाल बन्द आब्हान

नेपालको प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

एमसीसी सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका थिए भने राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपाले विपक्षमा मत दिएका थिए  ।

सभामुखविरुद्ध आन्दोलनमा रहेको एमाले भने मतदान प्रक्रियामा सहभागी भएन ।

एमसीसी अनुमोदन गरेर प्रतिनिधि सभा बैठक फागुन १८ गतेसम्मको लागि स्थगित भएको छ।

एमसीसीको विरोधमा भोली विप्लव लगायतका दलद्धारा नेपाल बन्द आब्हान (विज्ञप्तीसहित)

एमसीसीको विरोधमा भोली ८ दलद्धारा नेपाल बन्द आब्हान गरिएको छ ।

६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा भोलि नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा सहितको कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसीसी पारित गर्ने मुर्खता गरिरहेको भन्दै नेपाल बन्दको घोषणा गरेको जनाएका छन् ।

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’ले कालो दिनको रुपमा भोलि नेपाल बन्द घोषणा गरिएको नारायणी अनलाइनर्लाई जानकारी दिए ।

‘नेपाल आमालाई बेच्ने काम भएको छ, भोलि एक दिन भएपनि आम जनतालाई दुःख कष्ट सही बन्दको समर्थन गरिदिन आग्रह गर्दछु’–इन्चार्ज सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button