एसियन कप आयोजना हुने मिति र रंगशाला तोकियो
एसियाली फुटबल महासंघ (एएफसी) र एएफसी एसियन कप कतार २०२३ को लागि स्थानीय आयोजक समिति (एलओसी) ले प्रतियोगिताको आगामी संस्करण जनवरी १२ देखि फेब्रुअरी १०, २०२४ सम्म हुने घोषणा गरेको छ।
सोहि क्रममा प्रतियोगिता आयोजना हुने आठ रंगशालाको नाम पनि तोकिएको छ । जसमध्ये ६ वटा फिफा विश्वकप आयोजना गरिएको र दुई अन्य रंगशाला रहेको छ ।
कतारले यसअघि सन् १९८८ र २०११ को संस्करण आयोजना गरिसकेको छ ।
अघिल्लो संस्करण संयुक्त अरब इमिरेट्सले सन् २०१९ मा आयोजना गरेको थियो । कतार पछि प्रतियोगिताको १९ औं संस्करण साउदी अरेबियामा हुनेछ ।
प्रतियोगिताको लागि आधिकारिक ड्र समारोह मे ११, २०२३ मा दोहास्थित विश्व प्रसिद्ध कतारा ओपेरा हाउसमा स्थानीय समय अनुसार दिउँसो २ बजे हुने भनिएको छ।
रंगशाला
अल जनौब स्टेडियम, अल बायत स्टेडियम, अहमद बिन अली स्टेडियम, अल थुमामा स्टेडियम, एजुकेशन सिटी स्टेडियम, खलिफा स्टेडियमका साथै जसिम बिन हमाद स्टेडियम र अब्दुल्ला बिन खलिफा स्टेडियम ती आठ रंगशाला हुन् ।
प्रतियोगी टिम
कतार,जापान,सिरिया, दक्षिण कोरिया,अष्ट्रेलिया ,इरान,साउदी अरेबिया ,युएई,चीन ,इराक,ओमान,भियतनाम,लेबनन,उज्बेकिस्तान,प्यालेस्टाइन,थाइल्यान्ड,भारत,हङकङ,ताजिकिस्तान,किर्गिस्तान,बहराइन,मलेसिया,जोर्डन र इन्डोनेशिया ।