एह्तेराज एप बारे जान्नैपर्ने कुराहरु
कोरोना भाइरस प्रभावित देशहरुले बिरामीको ट्रेसिङ पत्ता लगाउन बनाएको जस्तै मोबाईल एप कतारले पनि बनाएको छ । सरकार तथा स्वास्थ्य संस्थालाई सहयोग गर्न गुगल र एप्पलको समेत यसमा सहयोग पुगेको छ ।
एह्तेराज एप कतारले गएको महिना विपत्ती ब्यबस्थापन समितीले गरेको एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । अहिले कतारमा रहेका सम्पुर्ण बासिन्दाले एप आज देखि अर्को सूचना जारी नहुन्जेलसम्म अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने नियम आएको छ ।
एप बारे सबैभन्दा बढी सोधिएको प्रश्नहरुको जवाफ यस्तो रहेको छ :
१. के हो एह्तेराज एप ?
एह्तेराज एप भाइरसको जोखिम पत्ता लगाउन बनाईएको एक स्मार्ट फोन एप हो । एपले बिरामी घुलमिल भएको स्थान पत्ता लगाउन,भाइरस बारे सतर्कता दिन ,आफ्नो स्वास्थ्य स्थिती थाहा पाउन र जाँच गराउन प्राथमिकता दिने काम गर्दछ । भाइरस बारे जनचेतना दिन र भाइरस फैलन नियन्त्रण गर्न यसको मुख्य उदेश्य रहेको छ । साथै भाइरस बारे पछिल्लो स्थितीको अपडेट लिन एप आधिकारिक श्रोत रहेको छ । त्यसैले जान्नैपर्ने कुरा के छ भने तपाईंले एप मोबाइलमा हाल्ने बित्तिकै तपाईमा भाइरस छ या छैन भन्ने कुरा पत्ता लाग्दैन ।
२. यसले के काम गर्छ ?
- एप बाट क्वारेन्टाइनमा रहेकाहरुले नियम पालना गरेको वा नगरेको फलोअप गर्न सकिन्छ ।
- शंकास्पद व्यक्तीहरुमा भाइरस देखा पर्ने बित्तिकै स्वास्थ्यकर्मी पुगेर आवश्यक उपचार गर्न पाउनेछन् र भाइरस बिरामीबाट अरुमा सर्ने जोखिम घटाउन सहयोग पुग्नेछ ।
- भाइरस लागेका व्यक्तिहरु संगै यदि घुलमेल भएको भए एपले जानकारी गराउनेछ ।
- कतारमा भाइरसको पछिल्लो अपडेट बारे एपले जानकारी दिनेछ ।
३.डाउनलाेड गर्नैपर्ने हो र ?
हो, गएको १८ तारिक बसेको मन्त्री परिषदको बैठक मार्फत भएको निर्णय अनुसार आज मे २२ तारिक,शुक्रबारदेखि कतारमा रहेका सबै स्थानीय र आप्रवासी नागरिकले एप अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ ।
४. कसरी प्रयोग गर्ने ?
- गूगल वा एप स्टोर बाट एप डाउनलोड गरेर इन्स्टल गर्नुहोस ।
- एपलाई ब्लुटुथ,लोकेसन अन गर्न र नोटिफिकेसन पठाउन अनुमती दिनुहोस र एसेप्ट थिच्नुहोस ।
- फोन नम्बर ,आईडी नम्बर हालेर रजिस्टर गर्नुहोस ।
- म्यासेजमा आएको अाेटिपी कोड हाल्नुहोस ।
- त्यसपछि आफ्नो नाम सहित प्रश्न चिन्ह भएको बार कोड आउनेछ त्यसमा थिच्नुहोस ।
५. बार कोडको रङ्गले के भन्छ ?
- यदि बार कोड हरियो भए तपाईं स्वास्थ्य रहेको र तपाईंमा भाइरस छैन भन्ने बुझिन्छ ।
- बार कोड खैरो भए तपाईं भाइरसको शंकास्पद व्यक्ती हुनुहुनेछ वा तपाईं भाइरस लागेका व्यक्ती संग घुल्मेल भएको र जांच नभएको भन्ने बुझिन्छ ।
- बार कोड पहेलो भए तपाईं क्वारेन्टाइनमा बसीरहेको भन्ने बुझिन्छ ।
- बार कोड रातो भए तपाईमा भाइरस देखा परेको वा तपाईको नतिजा पोजेटिभ आएको भन्ने बुझिन्छ ।
७. एप हालेपछि किन ब्लुटुथ र लोकेसन अन भैरहन्छ ?
बिरामी घुलमेल भएको स्थान पत्ता लगाउन एप खोलेपछी ब्लुटुथ र लोकेसन अन भैरहन्छ । मन्त्रालयको अनुसार यसले क्वारेन्टाइनमा भएका व्यक्ती वा भाइरस भएका बिरामी तपाइको वरपर आए एपले सतर्क गराउनेछ । ब्लुटुथ र लोकेसन अन बिना एपले काम गर्दैन ।
८. एप कुन कुन भाषामा उपलब्ध छ ?
एप अरबिक र अङ्ग्रेजी भाषामा उपलब्ध छ ।
९. एप बारे कुनै प्रश्न सोध्न परे कहाँ सम्पर्क गर्ने ?
एप बारे कुनै प्राविधिक प्रश्न सोध्न परे सरकारी सञ्चार केन्द्रको नम्बर १०९ मा २४ सै घण्टा ,सातै दिन जम्मा ९ वटा भाषामा सम्पर्क गर्न सकिन्छ ।
१०. मोबाईलमा एप डाउनलाेड गर्न नमिले के गर्ने ?
मोबाइलको सफ्टवेयर पुरानो भर्सनको छ भने एप डाउनलाेड हुँदैन । त्यसका लागि हाललाई अर्को मोबाईल परिवर्तन गर्न बाहेक अरु विकल्प छैन ।
११. आईडीको म्याद सकिए एप प्रयोग गर्न पाईन्छ ?
एप प्रयोग गर्न आईडीको म्याद भएको हुनुपर्छ । आईडी नविकरन गर्न आफ्नो कम्पनीमा सम्पर्क राख्नुहोला ।
१२. भिजिट भिसामा आएकाले एप प्रयोग गर्न मिल्छ ?
एप प्रयोग गर्न म्याद भएको आईडी चाहिने हुँदा हाललाई भिजिट भिसामा आएकाले एप प्रयोग गर्न पाउदैनन् ।
१३. डाटा वा वाईफाई छैन भने के गर्ने ?
भोडाफाेन र ओरेडाे कम्पनीका प्रयोगकर्ताले एप डाउनलाेड र प्रयोग गर्दा शुल्क लाग्दैन । तर एप प्रयोग गर्न डाटा भने अन नै राख्नु पर्नेछ ।
अरु पनि केही प्रश्न छ भने कमेन्ट गर्नुहोला ।