कतारको पहिलो महिला मन्त्रीको निधन
कतारको पहिलो महिला मन्त्रीको निधन भएको छ । शिक्षा मन्त्रीको पद सम्हालेका शेखा अल मह्मोउदको हिजो निधन भएको हो ।
अरबिक भाषामा स्नातक गरेपछि मह्मोउदले सन् १९७० देखि शिक्षक संगै विद्यालयको निर्देशिकाको काम सुरु गरेकी थिइन् । १९९६ को अमिरी राजाज्ञा नम्बर ७९ मा रहेर शिक्षा मन्त्रीको सचीव रहिन । सन् २००३ मा उनी शिक्षा मन्त्री संगै देशको इतिहासकै पहिलो महिला मन्त्री बनेकी थिइन् । उनले २००९ सम्म आफ्नो कार्यभार सम्हाले ।
शिक्षा क्षेत्रमा दिएको योगदानको कदरमा उनी अरब वोर्ल्ड २००२ को नारी दिवसमा सम्मानित भएकी थिइन् । त्यस्तै २०१८ मा कतार युनिभर्सिटीले उनलाई सामाजिक दायित्वको उपाधि समेत दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो