कतारको श्रम कानूनको बारेमा कसरी जानकारी लिने ?
कतारको सरकारी संचार कार्यालयले प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको सहकार्यमा मंगलबार बाट स्वचालित व्हाट्सएप म्यासेज सेवा शुरू गरेको छ ।
यस सेवाले मालिक र कामदारलाई कतारको श्रम कानून र नियमहरूको सम्बन्धमा जानकारी प्रदान गर्नेछ ।
यो नयाँ नि: शुल्क अनलाइन सेवाले रोजगारदाता र प्रवासी कामदारहरूको अधिकारको बारेमा,कतार भिसा केन्द्र, श्रम कानून लगायतका विषयमा प्राय सोधिने प्रश्नहरूको उत्तर दिने जिसिओले टुइटरमा लेखेको छ । २४ सै घण्टा जानकारी दिने यो सेवा अरबी, अंग्रेजी, उर्दू, हिन्दी, नेपाली र मलयालम उपलब्ध रहेको छ ।
जानकारी कसरी लिने ?
१. मोबाइलमा व्हाट्सएप हाल्नुहोस ।
२. सेवा सुरु गर्न यहाँ थिच्नुहोस । अथवा +974 6006 0601 मा म्यासेज गर्नुहोस ।
३. आफुलाई जान्न मन लागेको विषय अगाडि रहेको नम्बर लेखेर पठाउनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो