कतारमा आज २ सय ३५ जनामा कोरोना संक्रमण
आज सेप्टेम्बर ११ तारिख,
कतारमा नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २२१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये २२७ जना स्थानीय र ८ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२१,२८७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,४६३ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०५ रहेको छ र निको हुनेको संख्या १,१८,१९९ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४३ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३७५ जना
आईसीयुमा भर्ना भएका – ७ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५० जना
आज सम्म जाँच भएको संख्या – ६,८०,६३३ जना
निको हुन बाँकीको संख्या : २,८८३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।