कतारमा कोरोना : आज ६६ बर्षिय नागरिकको मृत्यु, अझै ९९१७ जनालाई निको हुन बाँकी
गएको २४ घण्टामा ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४९५ जनालाई निको भएको र थप एक जना ६६ बर्षिय नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ४२५ जना स्थानीय र ३८ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,६०,८८९ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ९,६१८ जनालाई परिक्षण गरिएको थियो । आज एक थप गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २५७ रहेको छ र निको हुनेको संख्या १,५०,७१५ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने – ९१ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ६४३ जना
आईसीयुमा भर्ना हुने – ६ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ८५ जना
आज सम्म जाँच भएको संख्या – १५,०५,६४६ जना
अझै निको हुन बाँकीको संख्या : ९,९१७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?