"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा कोरोना : थप ४७४ जनामा संक्रमण, सावधानी नअपनाउने ४९५ लाई कारबाही

कतारमा गएको २४ घण्टामा ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने जम्मा ३०१ जनालाई निको भएको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४१९ जना स्थानीय र ५५ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,६६,९४९ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,०३७ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २६२ छ भने र निको हुनेको संख्या १,५६,००१  रहेको छ ।

सरकारले आज भएका संक्रमित हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ 

अस्पताल भर्ना हुने – ७४  जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ६५३ जना

आईसीयुमा भर्ना हुने – १३  जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – १११ जना

आज सम्म जाँच भएको संख्या – १५,७८,९४९ जना

अझै निको हुन बाँकीको संख्या : १०,६८६ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौं

कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?

सावधानी नअपनाउने ४९५ जना लाई कारबाही

आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ४७१ जनालाई कारबाही गरेको छ । त्यस्तै सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज ९ जना कारबाहीमा परेका छन् भने ८ जना एह्तेराज एप प्रयोग नगर्नेलाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।

पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन । सामाजिक दूरी कायम नगर्ने ७ जना पनि कारबाहीमा परेका छन् ।

संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं ​​१७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।

कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button