कतारमा कोरोना : बढ्दै छ कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो
कतारमा गएको २४ घण्टामा ४७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने जम्मा ३३२ जनालाई निको भएको र थप एक जना ८७ बर्षिय नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ४२७ जना स्थानीय र ४४ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,६५,०७१ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,५७५ जनालाई परिक्षण गरिएको थियो । आज एक थप गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २६० पुगेको छ भने र निको हुनेको संख्या १,५४,७५२ रहेको छ ।
सरकारले आज भएका संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने – ८९ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ७४९ जना
आईसीयुमा भर्ना हुने – ८ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ११० जना
आज सम्म जाँच भएको संख्या – १५,५७,०३१ जना
अझै निको हुन बाँकीको संख्या : १०,०५९ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?