कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
आज नयाँ २२५ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएका छन् भने थप दुई जनाको मृत्यु भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २०५७ पुगेको छ । पुराना रोग बाट ग्रसित ५९ र ७४ वर्षीय नागरिकको आज भाइरसका कारण मृत्यु भएको हो ।
हालसम्म १५० जना निको भएर घर फर्किएका छन् भने कुल ४१८१८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ । नयाँ केहि संक्रमित विभिन्न देशबाट आएकाहरु हुन् भने बाँकि पुरानो बिरामी बाट संक्रमण भएका स्थानिय र आप्रवासी नागरिक रहेका छन् ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/N7PUss5AFS
— وزارة الصحة العامة (@MOPHQatar) April 7, 2020
सरकारले ल्याब केन्द्र बढाएर परिक्षण तिब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको हो । यो संख्या अबको केहि दिनमा घट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढौ
निजी क्षेत्रका कामदारले ६ घण्टा मात्र काम गर्नुपर्ने