कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ पुग्यो
कतारमा कोरोना संक्रमितको संख्या सात पुगेको छ। सोमबार थप चार जनामा संक्रमणको पुष्टि भएको हो । ती व्यक्तिहरु बिहिबार इरान बाट फिर्ता ल्याईएका मध्यका हुन् । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको छ । ती व्यक्तिहरु कतारमा घुलमेल गर्न नपाएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना निकै न्युन रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
Four additional cases of #Coronavirus Disease (#COVID19) have been recorded in #Qatarhttps://t.co/kwuTIEEZxB
— وزارة الصحة العامة (@MOPHQatar) March 2, 2020
नयाँ बिरामीमध्ये दुई कतारी व्यक्ति रहेको र दुई जना घरेलु कामदार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानमा रहेका आफ्ना नागरिकलाई कतारले बिहिबार चार्टर्ड विमानमा स्वदेश फिर्ता ल्याएका थियो । स्वदेश फिर्ता ल्याईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखिएको छ ।