कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५ पुग्यो
कतारमा थप तीन जनामा कोरोना भाइरस देखिएको छ । आज भाइरस देखिएको व्यक्तिहरु आप्रवासी कामदार रहेका छन् । भाइरस देखिएका बिरामीलाई आइसोलेशन वार्डमा तथा संगै कोठामा बस्ने र बिरामी संग घुलमिल भएका सबैलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यसअघिका बिरामीहरु सबै इरान बाट फिर्ता ल्याईएका मध्यका मात्र थिए । संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले भनेको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
أعلنت وزارة الصحة العامة عن تسجيلثلاث حالات إصابة جديدة بفيروس كورونا 2019 (كوفيد-19) في دولة قطر لوافدين، ليصل بذلك عدد حالات الإصابة المؤكدة بالفيروس في البلاد إلى خمس عشرة حالة حتى الآنhttps://t.co/Q4VsPt54ez
— وزارة الصحة العامة (@MOPHQatar) March 8, 2020
भाइरस संक्रमित हुने नागरिकहरु कुन देशका र भाइरस संक्रमण कसरी भयो भन्ने बारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । यद्यपि कडा निगरानीका साथ बिरामीलाई उपचार तथा अन्यलाई क्वारेन्टाइनमा राखिएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ ।