कतारमा पनि देखियो कोरोना भाइरस
चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको संक्रमण कतारमा समेत देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमण पहिलो पटक एक ३६ वर्षिया कतारी व्यक्तिमा देखिएको यहाँको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको हो । ती व्यक्ति बिहिबार इरान बाट फिर्ता ल्याईएका मध्ये एक हुन् । उनलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको कतार न्यूज एजेन्सीले जनाएको छ ।
Minister of Public Health has recorded the first confirmed case of Coronavirus Disease (COVID-19) on 29 February 2020 in the country. pic.twitter.com/wnL35hBtuK
— Qatar News Agency (@QNAEnglish) February 29, 2020
इरानमा रहेका आफ्ना नागरिकलाई कतारले बिहिबार चार्टर्ड विमानमा स्वदेश फिर्ता ल्याएका थियो । स्वदेश फिर्ता ल्याईएकाहरुलाई अहिले दोहाको एक होटेलमा क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना भाइरस बाट सतर्कता अपनाउन दूतावासको आग्रह
चीनबाट फैलिएको ‘कोरोना भाइरस’ (कोभीड-१९) ले यतिखेर विश्वभर त्रासदी फैलाएको छ । यो भाइरसका कारण चार हजार बढीको मृत्यु समेत भइसकेको छ । भाइरसले लाखौं प्रभावित छन् । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया इटाली लगायत मध्यपुर्व सम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।
यसै बिच भाइरसबाट थप उच्च सर्तकता अपनाउन हमाद अस्पतालको समन्वयमा कतारस्थित नेपाली दूतावासले आज सूचना जारी गरेको छ ।
के हो त कोरोना भाइरस ?
जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
कसरी थाहा पाइन्छ ?
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
कसरी सुरक्षित रहने ?
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।