बिज्ञापन

कतारमा १६ लाख बढीले दुबै डाेज खोप लगाए

स्वास्थ्य मन्त्रालयले द्रुतगतिमा विस्तार गरेको कोभिड-१९ राष्ट्रिय खोप अभियान अन्तर्गत हालसम्म १६ लाख ७ हजार ५१ जनाले दुबै डाेज खोप लगाइसकेका छन् । यो कुल जनसंख्याको ६६ प्रतिशत हो ।

मन्त्रालयले जारी गरेको खोप तथ्यांकअनुसार १९ लाख १५ हजार ९५० जनाले एक डाेज खोप लगाएका छन् । बढी उमेर समुहलाई प्राथमिकता राखेर सुरु गरिएको खोप अभियानमा ६० वर्ष भन्दा माथिका ९३.५ प्रतिशत व्यक्तिले पूरा मात्राको खोप लगाइसकेका छन् ।

अभियान सुरु भएयता ३५ लाख २३ हजार मात्रा खोप वितरण भएको छ । हिजो मात्रै कतारमा १९,९६१ डाेज खोप वितरण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button