कतारले एयर ट्याक्सीको परिक्षण गर्ने
विश्वको विकसित देशहरुमा एयर ट्याक्सीको चर्चा भैरहदा कतारले पनि यसको परिक्षण गर्ने भएको छ ।
यातायात मन्त्रालयले आज जारी गरेको एक वक्तव्यमा कतारले सन् २०२५ को सुरुवातमा विद्युतिय एयर ट्याक्सी र डेलिभरी प्लेनको उडान परिक्षण गर्ने जनाएको छ ।
ठूलो आकारको ड्रोनजस्तै देखिने यो ट्याक्सी विद्युतबाट चल्छ र पाइलटको आवश्यकता पर्दैन । त्यस्तै उडाउन तथा अवतरण गर्न एयरपोर्ट वा रनवे पनि चाहिंदैन ।विद्युतीय उड्ने कार वा ट्याक्सी हवाईजहाज वा हेलिकप्टर जस्तो गरी उड्दैनन् । यिनीहरुले ठाडै अवतरण र उडान गर्छन् ।
परिक्षणका लागि सम्बन्धित निकायबाट आवश्यक सबै स्वीकृति पाइसकेको छ । कतारको राष्ट्रिय भिजन २०३० बमोजिम यस योजना अघि बढेको पनि मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
6
मनपर्यो
14
खुसी लाग्यो
1
दुःख लाग्यो
2
रुन मन लाग्यो
0
हाँसो लाग्यो
2
रीस उठ्यो