कतारले नयाँ राष्ट्रिय छाप सार्वजनिक गर्यो
कतारले आज आफ्नो नयाँ निशान छाप सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुल अजिज अल थानीले आज नेशनल म्युजियम अफ कतारमा नयाँ राष्ट्रिय छापको अनावरण गर्नुभएको हो ।
सेतो पृष्ठभूमिमा देशको मुख्य इतिहास झल्काउने संस्थापकको तरवार, खजुरको रूख, समुद्र र परम्परागत डुङ्गा कलेजी रङमा एकसाथ राखेर छापको डिजाईन गरिएको छ।
कतारले आफ्नो राष्ट्रिय छाप पहिलोपटक १९६६ मा सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
37
मनपर्यो
13
खुसी लाग्यो
6
दुःख लाग्यो
6
रुन मन लाग्यो
2
हाँसो लाग्यो
1
रीस उठ्यो