कतारले नेपालमा चार टन स्वास्थ्य सामग्री पठायो
कतार विकास कोषले नेपालमा कोभिड–१९ को महामारी नियन्त्रण गर्न ४ टन अक्सिजन कन्सेन्ट्रेटर र १६४ केजी रेमडेसिभिर खोप पठाएको छ ।
काठमाडौंस्थित कतार दूतावासका सचिव खालिद अब्दुल्ला अल इब्राहिमले नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट खोप अधिकृत ओमप्रसाद उपाध्याय र स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत समीक्षा थापालाई कार्गो र त्यसका कागजात हस्तान्तरण गरेका थिए ।
सहायताले स्वास्थ्य सेवा प्रणालीको प्रवर्द्धनमा निर्णायक भूमिका खेल्ने र नेपालमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
18
मनपर्यो
13
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
0
रीस उठ्यो