कतारामा हुनेछ इद अल–अधाको आतिशबाजी
ईदको पहिलो ३ दिन (आईतवार देखी मंगलवार सम्म)
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल–अधाको पहिलो दिन आइतवार जुन १६ तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । इदको पहिलो प्राथना बिहान ४:५८ मा गरिने छ ।
कतार श्रम मन्त्रालयले निजी क्षेत्रका लागि इद उल फित्रको तीन दिन बिदा दिएको छ । कुनै कम्पनीले थप १ दिन आज शनिबार देखी नै बिदा पनि दिन सक्नेछन् ।
तपाईंले यो बिदामा आतिशबाजी हेर्ने मन लागेको छ भने कतारा सांस्कृतिक गाउँमा इद अल अधको अवसरमा आतिशबाजी प्रदर्शन हुँदैछ ।
कतारा सांस्कृतिक गाउँमा इद उल फित्र आतिशबाजी प्रदर्शन
- मितिहरू: ईदको पहिलो ३ दिन (आईतवार देखी मंगलवार सम्म)
- मूल्य: नि: शुल्क
- समय: राती १० बजे देखी १०:१० बजे सम्म
- स्थान: कतारा कर्निश
पुरानो दोहा पोर्टमा ईद अल अधा २०२४ उत्सव
पुरानो दोहा बन्दरगाहको रोमाञ्चक ईद अल अधा 2024 उत्सवहरूमा समुद्री परम्परागत ब्यान्ड प्रदर्शन, बच्चाहरूको कार्निभल खेल बुथहरू र पानी खेलकुद खुला दिन प्रस्तुत हुनेछ।
- मिति, समय र स्थान:
- परम्परागत समुद्री ब्यान्ड: १६-१९ जुन २०२४ | अल बन्दर, पुरानो दोहा पोर्ट
- बालबालिकाका खेल बुथहरू: १६-२२ जुन २०२४ | मिना जिल्ला
- पानी खेलकुद खुला दिन: १६-१९ जुन २०२४ | मिना कोर्निश
- मूल्य: नि: शुल्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
1
रीस उठ्यो