"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतार आइसकेपछि कोरोना परिक्षण गर्न नपर्ने

कतारमा कोभिड-१९ रोकथामका लागि अपनाउनुपर्ने सुरक्षाको नियम अन्तर्गत कतार आइसकेपछि गर्नुपर्ने कोरोना परिक्षणको नियम हटेकाे छ ।

प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको नेतृत्वमा हिजो बसेको मन्त्रीपरिषदको बैठकद्वारा केहि नियम खारेज गरिएको छ ।

नोभेम्बर १ देखि लागू हुने नियम :

१. कतार आईसकेपछि २४ घन्टा भित्र पिसिआर वा एन्टिजेन परिक्षण गर्नपर्ने नियम खारेज गरिएको छ ।

२. अस्पतालमा बाहेक अन्य स्थानमा एह्तेराज र मास्कको प्रयोग गर्न नपर्ने  । बन्द सार्वजनिक स्थानमा काम गर्ने कर्मचारीलाई मास्क अझै अनिवार्य रहनेछ ।

३. भिजिट भिसामा र बिदामा गएर आउने यात्रुलाई पिसिआर परिक्षण नचाहिने भएको छ ।

४. कतार आइसकेपछि क्वारेन्टाइन बस्ननपर्ने । कोरोना देखिए आफै आइसोलेसनमा बस्नुपर्नेछ।

कतार आउँदा अपनाउनु पर्ने सुरक्षाका नियम सम्बन्धि पूरा जानकारीका स्वास्थ्य मन्त्रालयको वेबसाईट बाट हेर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button