कतार कसरी फर्कने ?
कोरोनाभाइरसको महामारीपछि कतार सरकारले गएको अगस्ट देखि आप्रवासी नागरिकलाई प्रवेश दिने निर्णय गरेसंगै यतिबेला कतार फर्कनेको संख्या बढिरहेको छ । त्यसका लागि सरकारले कम जोखिम भएका देशहरुको सूची जारी गरेको छ र त्यसलाई दुई हप्तामा फेरबदल गर्दै आइरहेको छ । कम जोखिमको देशको सूचीमा नपरेका नेपाल सहित भारत,पाकिस्तान ,बाङ्लादेशका कम तलब भएका कामदारको लागि भने कतार फर्कन त्यति सहज छैन । अझै कम्पनीको कार्यालय सम्म पहुँच नै नभएका कामदारहरु अहिलेको स्थितिमा कतार फर्कन असम्भव जस्तै देखिन्छ ।
नोभेम्बर २९ देखि बिदामा नेपाल गएर पुन कतार फर्कनेहरुका लागि भने कतार पोर्टलको वेबसाईटमा गएर ईन्ट्री परमिट निकाल्नु पर्दैन । कतार छोड्ने समयमा नै परमिट स्वत निस्कने नियम लागू भैसकेको छ । परमिट निकल्न यहाँ थिच्नुहोस ।
नोभेम्बर २९ भन्दा अगाडी कतार छोडेर गएकाहरुले तल दिइएको प्रक्रिया पूरा गर्न सकेको अवस्थामा कतार फर्कन सकिन्छ ।
१. ईन्ट्री परमिट निकाल्नुहोस
कतार आउन सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा ईन्ट्री परमिट निकाल्नु हो । यो परमिट बिना अहिले कतार प्रवेश गर्न मिल्दैन । कतार पोर्टलको वेबसाईटमा गएर परमिट आफैले पनि निकाल्न सकिन्छ । तर त्यसको लागि आफ्नै आईडी बाट निकालिएको सिम एक्टिभेट हुनुपर्नेछ । परमिटका लागि आफैले प्रयास गर्दा प्राथमिकतामा पर्ने सम्भावना कम हुने भएको हुँदा आफ्नो कम्पनीलाई निकाल्न लाउँदा राम्रो हुनेछ ।
तत्कालको लागि स्वास्थ्यकर्मी , विभिन्न सरकारी र अर्ध-सरकारी क्षेत्रहरूको अत्यावश्यक कर्मचारी लगायतलाई प्राथमिकताको आधारमा परमिट दिइनेछ। परमिटको समयावधि एक महिनाको हुनेछ । परमिटको निस्केको एक महिनाभित्र कतार आउन नसके पुन परमिट निकाल्नुपर्नेछ ।
परमिट निकाल्नको लागि फारम भर्न यहाँ थिच्नुहोस ।
२. श्रम स्वीकृति लिनुहोस
परमिट निस्किएको खण्डमा श्रम स्वीकृति लिनुपर्नेछ । श्रम स्वीकृति लिने प्रक्रिया पनि पहिलेको भन्दा केही झन्झटिलो रहेको छ । वैदेशिक रोजगार विभागको नयाँ नियम अनुसार अहिले नयाँ तथा पुरानो श्रम स्वीकृति लिन आफ्नो कम्पनी बाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) निकाली आफू काम गर्न जाने देशमा रहेको नेपाली दूतावासबाट त्यसलाई प्रमाणित गर्नुपर्नेछ । कुनै प्रदेशमा भने एनओसीको आवश्यकता खोजिएको छैन । श्रमको म्याद कम्तिमा पनि दुई वर्षको हुनुपर्नेछ ।
३.हवाई टिकट लिनुहोस
परमिट र श्रम स्वीकृतिको काम भैसकेपछि हवाई टिकट लिनुहोस । यतिखेर नेपाल देखि कतार एयरवेजले हप्तामा तीन वटा उडान गरिरहेको छ । टिकटको लागि नेपालमा रहेको कतार एयरवेजको कार्यालयमा सम्पर्क गर्नुहोस ।
टिकटको बारे बुझ्न यहाँ थिच्नुहोस ।
४. क्वारेन्टाइन होटेल बुकिङ गर्नुहोस
टिकट लिईसकेपछि आफ्नो कामको पद अनुसार ७ वा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न होटेल बुकिङ गर्नुहोस । कतार सरकारले कम तलब भएका कामदारको लागि मेकाइन्स / मुकायनिसमा छुट्टै होटेल क्वारेन्टाइनको व्यवस्था गरेको छ । डिस्कोभर कतारको वेबसाईटमा गई डेबिट/क्रेडिट कार्ड मार्फत होटेल बुकिङ गर्न सकिन्छ । १४ दिन होटेलमा बस्न २,१६९ रियाल देखि माथी पर्नेछ । त्यसमध्ये होटेल बसाइको अन्तरालमा होटेलको कुनै सामानमा क्षति नभए ७०० रियाल फिर्ता पाईनेछ । एउटै कम्पनीको कामदार मिलेर बुकिङ गर्दा केही फाईदा हुनेछ ।
होटेल बुकिङ गर्न यहाँ थिच्नुहोस ।
५. ७२ घण्टा भित्र नतिजा आउने गरि पिसिआर परिक्षण गर्नुहोस
कतार पुग्न ७२ घण्टा भित्र नतिजा आउनेगरि कतार एयरवेज बाट मान्यता प्राप्त स्वास्थ्य संस्था बाट पिसिआर परिक्षण गर्नुपर्नेछ । परिक्षणको नतिजा पोजेटिभ आए कतार फर्कन पाईदैन ।
यी सबै मापदण्ड पूरा गरि सम्पुर्ण कागजात विमानस्थलमा बोर्डिङको समय पेश गर्नुपर्नेछ । यी मापदण्डअनुसार कागजात नमिले कतार फर्कन पाईनेछैन ।
कतार आइसकेपछि के हुन्छ ?
हमाद विमानस्थलमा आइसकेपछि मोबाइलमा अनिवार्य एह्तेराज एप प्रयोग गर्नुपर्नेछ । एह्तेराज एप नचल्ने मोबाइल छ भने सरकारले नै नयाँ मोबाइल र सिम दिनेछ । त्यसको २४५ रियाल थप शुल्क तिर्नुपर्नेछ । मोबाइलको एह्तेराज एपमा पहेलो रङ्गको कोड आउनेछ । होटेलको सम्बन्धित कर्मचारीले तपाईंलाई सिधै बुक गरिएको होटेल पुर्याउने छ । त्यसपछि १४ दिन होटेल क्वारेन्टाइनमा बस्नुपर्नेछ । १४ दिन क्वारेन्टाइन पूरा गरेपछि भाइरसको जाँच हुनेछ । नतिजा पोजेटिभ आए आइसोलेसनमा राखिनेछ र मोबाइलको एह्तेराज एपमा हरियो रङ्गको कोड आए काममा लाग्न पाईनेछ ।