बिज्ञापन

कतार फर्कदा के-के मापदण्ड पालना गर्नुपर्छ ? यसरी हेर्नुहोस्

कतारको सरकारी संचार कार्यालय (जीसीओ) ले कतार फर्कन चाहिने मापदण्ड बुझ्न अन्तर्क्रियात्मक गाईड सेवा सुचारु गरेको छ ।

नयाँ सेवा अनुसार कुन देशबाट आउने ,खोप लगाएको वा कोरोना निको भएको जस्ता प्रश्नोत्तर छान्दा यात्रुले के कस्तो मापदण्ड पालना गर्नुपर्ने र केके कागजात पेश गर्नुपर्ने भन्ने जानकारी जीसीओको वेबसाईट बाट थाहा पाउन सकिन्छ ।

जीसीओको वेबसाईट : https://www.gco.gov.qa/en/travel/

हाल कतार फर्कदा पालना गर्नुपर्ने मापदण्ड र चाहिने कागजपत्र :

खोप लगाइसकेका व्यक्ति

कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाइसकेको व्यक्ति कतार फर्कदा होटेल क्वारेन्टाइन बस्नुपर्दैन । मन्त्रालयको अनुसार दोस्रो डाेज खोपको लगाए यता खोपको म्याद १२ महिनाको लागि मात्र मान्य हुनेछ ।

कतार सरकारले मान्यता दिएको खोप

• फाइजर/ बायोटेक
• मोडर्ना
• एस्ट्राजेनेका
• जोन्सन एन्ड जोन्सन (एक डाेज)
• सिनोफार्म (भेरो सेल ) यो खोप लगाएको व्यक्तिले कतार पुगेपछि एन्टिबडी परिक्षण गर्नुपर्नेछ र नतिजा पोजेटिभ आउनुपर्ने । नतिजा नेगेटिभ आए क्वारेन्टाइन बस्नुपर्नेछ ।
• खोप लगाएको १४ दिन कटेको हुनुपर्ने । खोपको म्याद १२ महिना सम्म मान्य हुने ।
• खोप लगाइसकेका अभिभावकको खोप नलगाएका १७ वर्ष भन्दा मुनिका सन्तानले १० दिन होम क्वारेन्टाइन बस्नुपर्नेछ ।

बुझाउनुपर्ने कागजपत्र

• ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट ।
• पासपोर्टमा भएको नाम अनुसार दुई डाेज खोप लगाएको प्रमाणपत्र ।
• स्पष्ट देखिने गरि पहिलो र दोस्रो डाेज खोप लगाएको मिति ।
• भ्याक्सिनको लट नम्बर ( उपलब्ध भए )
• नेपाल सरकारबाट खोप लगाएको आधिकारिक छाप ।
• ६ महिना कटेको भए इन्ट्री परमिट र म्याद भएको आईडी ।

कोभिड-१९ बाट निको भएका व्यक्ति

कतारमा कोभिड-१९ बाट संक्रमण भै निको भएको व्यक्ति पनि १२ महिना भित्र कतार फर्कदा होटेल क्वारेन्टाइन बस्नुपर्दैन ।

बुझाउनुपर्ने कागजपत्र

• ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट ।
• कतार सरकारबाट दिइएको निको भएको प्रमाणपत्र ।
• ६ महिना कटेको भए इन्ट्री परमिट र म्याद भएको आईडी ।

खोप नलगाएका व्यक्ति

खोप नलगाएका व्यक्ति कतार फर्कदा अझै १० देखि १४ दिनसम्म होटेल क्वारेन्टाइनमा बस्नुपर्दछ ।

बुझाउनुपर्ने कागजपत्र

• ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट ।
• डिस्काेभर कतार बाट बुक गरिएको होटेल क्वारेन्टाइन ।
• ६ महिना कटेको भए इन्ट्री परमिट र म्याद भएको आईडी ।

कतार ट्रान्जिट भएर अन्य देश जाने यात्रुले पनि ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । कतार बाट अन्य देश जादा पिसिआर परिक्षण आवश्यक भए हमाद विमानस्थलमा तीन सय रियाल शुल्कमा गर्न सकिनेछ ।

मान्यता प्राप्त खोप लगाइसकेका व्यक्तिले हुकुमी कतारको वेबसाईट वा मेट्राश २ एप मार्फत पर्यटक,पारिवारिक तथा व्यवसायिक भिसा जारी गर्न सकिनेछ ।

अन्य जानकारी

एह्तेराज  वेबसाईट : www.ehteraz.gov.qa

एन्ड्रोइड    |   आईओस

क्वारेन्टिन बुकिङ : www.discoverqatar.qa

हुकुमी कतारको वेबसाईट : www.hukoomiqatar.gov.qa

मेट्राश २ एप :

एन्ड्रोइड    |   आईओस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button