कतार फर्कन के-के कागजपत्र चाहिन्छ ?
कतारको स्वास्थ्य मन्त्रालयले राखेको असाधारण रातो सुचीको वर्गीकरणमा कोरोनाभाइरस बाट बढी जोखिम रहेको नेपाल सहित भारत , बंगलादेश , फिलिपिन्स , श्रीलंका , पाकिस्तान , इन्डोनेसिया , केन्या र सुडान रहेको छ ।
नेपाल बाट कतार फर्कन के-के कागजपत्र चाहिन्छ ?
बिदामा गएकाहरुको लागि
१. श्रम स्वीकृति नवीकरण
२. कतार फर्कन अघि ७२ घण्टा भित्र गरिएको नेगेटिभ पिसिआर रिपोर्ट ।
३. दुई दिनको होटेल बुकिङ्ग गरिएको प्रमाण र कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र ।
४. कतार बाहिर स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएको भए ३० दिन भित्र गरिएको सेरोलोजी एन्टीबडी परीक्षणको प्रमाणपत्र चाहिने ।
कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको कुनै एक खोपको दुवै डोज कतारमै वा अन्य देशमा लगाइसकेका १२ वर्ष भन्दा माथिका यात्रुले कतार फर्केपछि दुई दिनको होटेल क्वारेन्टाइन बस्नुपर्छ । त्यस्तै १२ वर्ष भन्दा मुनिका यात्रु पनि खोप लगाइसकेका अभिभावक सँग दुई दिनकै क्वारेन्टाइन बस्नुपर्नेछ ।
होटेल आइसकेपछि
१. होटेल क्वारेन्टाइनमा र्यापिड एन्टिजेन जाँच हुने ।
२. कतार बाहिर स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएको भए सेरोलोजी एन्टीबडी परीक्षण गर्नुपर्ने ।
नयाँ भिसामा आउनेहरुका लागि
१. श्रम स्वीकृति
२. कतार फर्कन अघि ७२ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्ट ।
३. कतार सरकारबाट मान्यता प्राप्त खोप लगाएको भए दुई नभए सात दिनको होटेल बुकिङ्ग गरिएको प्रमाण ।
४. नयाँ यात्रुले एह्तेराजको वेबसाइटमा खोप लगाएको प्रमाणपत्र , पिसिआर रिपोर्ट ,होटेल बुकिङ लगायतको कागजात तीन दिन अघि रजिस्टर गर्नुपर्ने ।
५. नयाँ यात्रुले स्वास्थ्य मन्त्रालयको वेबसाईटमा रहेको प्रतिबद्धता फारम भरेर साथमै राख्नुपर्ने ।
होटेल आइसकेपछि
१. क्वारेन्टाइन बसेको छैठौ दिनमा र्यापिड एन्टिजेन परीक्षण हुने र नतिजा नेगेटिभ आए जान दिने ।
भिजिट भिसामा आउने यात्रु
भिजिट भिसामा खाडी मुलुक आउन अहिले नेपाल सरकारले रोक लगाएको छ ।
१. कतार फर्कन अघि ७२ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्ट ।
२. कतार बाहिर स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएको भए सेरोलोजी एन्टीबडी परीक्षण गर्नुपर्ने ।
३. दुई दिनको होटेल बुकिङ्ग गरिएको प्रमाण
४. नयाँ यात्रुले एह्तेराजको वेबसाइटमा खोप लगाएको प्रमाणपत्र , पिसिआर रिपोर्ट ,होटेल बुकिङ लगायतको कागजात तीन दिन भित्र रजिस्टर गर्नुपर्ने ।
५. सबै यात्रुले स्वास्थ्य मन्त्रालयको वेबसाईटमा रहेको प्रतिबद्धता फारम भरेर साथमै राख्नुपर्ने ।
खोप नलगाएको भए कतार प्रवेश गर्न नपाउने । कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको कुनै एक खोपको दुवै डोज कतारमै वा अन्य देशमा लगाइसकेका १२ वर्ष भन्दा माथिका यात्रुले कतार फर्केपछि दुई दिनको होटेल क्वारेन्टाइन बस्नुपर्छ । त्यस्तै १२ वर्ष भन्दा मुनिका खोप नलगाएका यात्रु पनि खोप लगाइसकेका अभिभावक सँग दुई दिनकै क्वारेन्टाइन बस्नुपर्नेछ ।
कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप
काेभिड-१९ को लागि विभिन्न परिक्षणको शुल्क
एह्तेराज वेबसाईट : https://www.ehteraz.gov.qa/PER/login
प्रतिबद्धता फारम : https://covid19.moph.gov.qa/EN/Documents/PDFs/Declaration-Acknowledgement-Undertaking-Form-V6-English-SG.pdf