"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतार बाहिर फसेकाले नेशनल एड्रेस दर्ता नगर्दा जरिवाना नलाग्ने

कतार बाहिर रहेर जुलाई २६ भित्र नेशनल एड्रेस दर्ता गर्न नपाएकाहरुलाई सरकारले छुट दिने भएको छ ।

स्थानीय तथा आप्रवासी नागरिक पढाई,उपचार वा कोभिड -१९ को परिस्थितिले कतार बाहिर फसेकाहरुले कतार आएपछि एड्रेस दर्ता गर्न नपाएको कारण पेश गर्न सके सरकारले छुट दिने राष्ट्रिय ठेगाना शाखाका प्रमुख डाक्टर जाएद अल सह्लीले जानकारी दिएका छन् ।

यसको मतलब कतार आएपछि त्यस्ता नागरिकले आफ्नो यात्राको कागजपत्र देखाएर ठेगाना दर्ता गर्न कुनै जरिवाना लाग्ने छैन ।

सन् २०१७ को कानून नम्बर २७ बमोजिम कतारमा बस्ने कतारी नागरिक तथा आप्रवासीले मन्त्रालयको शाखा कार्यालय ,वेबसाईट र मेट्राश २ एप मार्फत आउने जुलाई २६ भित्र आफ्नो ठेगाना दर्ता गरिसक्नुपर्नेछ ।

शाखा प्रमुख सह्लीले सबै नागरिक तथा कम्पनीले तोकिएको मिति भित्र ठेगाना दर्ता गर्न आग्रह गरेको छ । हालसम्म १० लाख ५० हजार नागरिकले ठेगाना दर्ता गरिसकेको पनि उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button