बिज्ञापन

कतार र भारत भिड्दै

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत समूह ई को खेलमा आज कतारले भारतको सामना गर्दैछ ।

जस्सिम बिन हमाद रंगशालामा राति ८ बजे हुने खेलमा कतार समुहको शिर्ष स्थानमा यथावत बस्ने दाउमा छ । यसअघि २०१९ को सेप्टेम्बरमा भएको खेलमा कतारले भारत संग गोलरहित बराबरी खेलेको थियो । आजकै खेलमा स्ट्राइकर अकृम अफिफको चोट पछि पुनरागमन हुँदैछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको कतार १६ अंकका साथ पहिलो स्थानमा छ । त्यस्तै १२ अंकका साथ ओमान दोस्रो स्थानमा छ ।

सोहि समुहको बाङ्लादेश र अफ्घानिस्तानले बेलुका ५ बजे खेल्नेछ ।

नेपाल र चाइनिज ताइपेई

सोहि प्रतियोगिताको समूह बी को खेलमा आज नेपाल र चाइनिज ताइपेईबीच पनि खेल्दैछ ।

समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।

समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।

१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्।

नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button