कतार- साउदी अरेबियाको वार्ता स्थगित
छिमेकी राष्ट्रहरु संग बिग्रेको कुटनीतिक सम्बन्ध सुधार गर्न कतारले गरेको प्रयास सफल नभएको र थप कदम जनवरी महिना बाट स्थगित गरिएको कतारको विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरह्मान अल थानीले बताएका छन् ।
छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन र ईजिप्ट ले केही वर्ष देखि कतारसंगको कुटनीतिक,व्यापार,यातायात लगायत सबै सम्बन्ध तोडेको थियो । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै तीन वर्ष देखि कतारमाथी उनीहरुले नाकाबन्दी गर्दै आइरहेका छन् । जुन आरोप कतारले बारम्बार नकार्दै आईरहेको छ ।
गत वर्षको अक्टोबर देखि वार्ताको केही अवसरहरु सिर्जना भैरहेको थियो ।
“नाकाबन्दीको लगभग तीन वर्ष बितिसकेको छ,हामी अपराधी होइनौं र समस्या समाधान गर्न हामी सधैं खुल्ला छौ ,’ विदेशमन्त्री अल थानीले शनिबार जर्मनमा आयोजित मुनिच सुरक्षा सम्मेलनमा बताएका छन् ।
‘दुर्भाग्यवश हाम्रो प्रयासहरु सफल हुन सकेन र यसलाई हामीले जनवरी देखि स्थगित गरेका छौ र यसमा कतार जिम्मेवार छैन”, उनले भनेका छन् ।
के सुधार भएको थियो ?
गत वर्ष कतारले आयोजना गरेको गल्फ कपमा छिमेकी देशहरुले अन्तिम समयमा सहभागिता जनाएका थिए । त्यसलगत्तै साउदी अरेबियामा आयोजना भएको गल्फ सम्मेलनमा कतारको तर्फ बाट पुर्व प्रधानमन्त्री शेख अब्दुलाह बिन नस्सेर अल थानीको सहभागिता रहेको थियो ।
त्यस्तै गत हप्ता देखि युएई-कतारको हुलाक सेवा ओमान हुँदै सन्चालनमा आएको थियो ।