"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कम्पनी विरुद्ध उजुरी गर्नु अघि थाहा पाउनुपर्ने कुराहरू

कतारमा श्रमिकहरुले आफ्नो रोजगार दाता माथी स्वतन्त्र रुपमा उजुरी दिन पाइन्छ ।आफू अपहेलनामा ,शोषणमा परेको खण्डमा,तलब नपाएमा वा अन्य क्रियाकलापमा गुनासो रहँदा उजुरी हाल्न सकिन्छ तर प्रारम्भिक ज्ञान बिना नै अगाडी बढ्दा ठुलो क्षति पनि हुनसक्दछ । तसर्थ कम्पनी विरुद्ध उजुरी गर्न अघि ध्यान दिनपर्ने कुराहरु यस्ता छन् ।

अन्तिम उपायमा मात्र उजुरी केन्द्र रोज्नुहोस्

सानोतिनोनोनो गुनासो वा मदभेद हुँदा रोजगारदाता संग मिलेर,थोरै झुकेर भएपनि कुरा मिलाउन सकिन्छ । अदालतमा मुद्धा परेपछि रोजगार संगको दुरी समाप्त हुनजान्छ । त्यसैले मिल्न सक्ने कुराहरु ढिला भएपनि एकआपसमा मिलाउन आवश्यक छ । केही गर्दा पनि भएन भने बल्ल अन्तिम उपायमा उजुरी केन्द्र रोज्नुहोस।

आफ्नो अधिकार बारे जानौं

श्रमिकलेले आफ्नो अधिकार बारे राम्रो संग बुझ्न जरुरी छ ।उजुरी गर्दा के कुराहरु सोध्न पाइन्छ,के कुरालाई दावी गर्न पाइन्छ आदि कुराहरु पहिल्यै बुझ्न जरुरी छ । केही मातहतमा रोजगारदाताले गरेको शोषण कानुन विपरित नहुन पनि सक्छ ।

समय र परिश्रम धेरै पर्ने

सबै कुरा मिलेको खण्डमा मात्र मुद्धा छानबिन हुन बढिमा एक महिना लाग्ने गर्दछ । तर प्राय जसो उजुरीको टुङ्गो लाग्न महिनौ पनि लाग्नसक्छ । त्यसैले समय र परिश्रम धेरै पर्ने हुनाले पहिल्यै विचार पुराउन अत्यन्तै आवश्यक छ ।

कम्पनीले निकाल्न सक्छ

कतारमा कुनै कम्पनी संग आवद्ध रहँदा जीवनयापन गर्न खासै गाह्रो नहोला तर उजुरी गर्दा कम्पनी छोड्न पर्ने पनि हुन सक्छ । उजुरीको टुङ्गो नलागेसम्म खान र बस्न तथा अन्य क्रियाकलापमा पैसा प्रशस्तै लाग्नसक्छ । त्यसैले उजुरी गर्न खाना र बस्नको व्यवस्था आफैले गर्न जरुरी छ ।

अरबी भाषाको ज्ञान

कतारमा अरबी भाषा चल्ने हुँदा बोलीचाली तथा लेखापढी गर्न अरबी भाषाको अत्यन्तै आवश्यक छ । केन्द्रमा भाषा अनुवादक रहे पनि आफैमा अरबी भाषाको ज्ञान हुँदा फाईदा हुनेछ ।

लिखित कागज बिना मात्रै कम्पनी छोडौ

रोजगारदाता लाई उजुरी हाल्दा तुरुन्तै र्वखास्त हुने सम्भावना हुन्छ । लिखित कागजपत्र बिना कम्पनी छोड्दा अदालतमा आफ्नो प्रमाण कमजोर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button