"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

किर्तिमानी जित संगै नेपाल बन्यो त्रिकोणात्मक सिरिजको च्याम्पियन

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । आज शनिबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

नेपालको यो टि२० आई मा अहिलेसम्मकै फरकिलो जित हो । यस अघि नेपालले २०१९ मा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।

टियु क्रिकेट ग्राउण्डमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७ ओभर २ बलमा ९६ रनमै अलआउट भयो । नेपाली बलर सामु डच टोली खुलेर खेल्न सकेनन् । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६, ओपनर म्याक्स ओडाउडले सर्वाधिक २० र कप्तान पिटर शिलार १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो स्कोर हो । सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । नेपालले लगातार तेस्रो पटक २ सय भन्दामाथिको योगफल बनाएको हो । नेपालले जारी सिरिजमा यसअघि नेदरल्यान्ड्सँग दोस्रो खेलमा २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । समग्रमा चौथो पटक नेपालले २ सयमाथि योगफल बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्का प्रहार गरे । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल भुर्तेल नेपालबाट एकै सिरिजमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा अविजित रहे । कुशलले २४ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । उप कप्तान दीपेन्द्रसिंह ऐरी ४८ रनमा नटआउट रहे । १८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । १९ बल खेलेका कप्तान ज्ञानेन्द्र बल्ला ३३ रन बनाएर आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । ओपनर आशिफ शेख १६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button