बिज्ञापन

केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस

चितवन, मङ्सिर ११-

नेपाली कांग्रेस चितवनले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरेको हो ।

नेपाली कांग्रेस केन्द्रको एक सय दिने विशेष अभियानअन्तर्गत सोमबारबाट जिल्लाले खटाएका प्रतिनिधिले वडा वडामा पुगेर गतिविधि सुरु गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालका अनुसार सोमबार ६० भन्दा बढी वडामा प्रतिनिधि पुगेसँगै अभियानका गतिविधि सुरु भएका छन् ।

प्रतिनिधिहरू यही १५ गतेसम्म जिल्लाका ९८ मध्ये बाँकी वडामा पुगेर काम अघि बढाउने छन् । यसअघि केन्द्रले खटाएका प्रतिनिधि मधु आचार्यले खटिने प्रतिनिधि र जिल्ला नेताहरूसँग अन्तरक्रिया गरेर कामका बारेमा प्रशिक्षण दिनुभएको थियो । खनालले भन्नुभयो, “यो अभियानले टोललाई केन्द्रसँग जोड्ने छ । अभियानका क्रममा ५० प्रतिशत पार्टीका साङ्गठनिक कार्यक्रम र ५० प्रतिशत जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम गरिने छ । अबका दिनमा कसरी पार्टीलाई आमनागरिकसँग जोड्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गराएर तल्लो तहसम्म सङ्गठन मजबुत बनाउन अभियान सार्थक हुने अपेक्षा छ ।”

अभियान फागुन ७ गतेसम्म सञ्चालन हुनेछन् । यसले जनताका गुनासासँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने सभापति खनालको भनाइ छ ।

कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आमजनताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न अभियान सफल हुने विश्वास गरिएको छ । असोज ६ गते सुरु गर्ने भनिएको अभियान बाढीपहिरोका कारण रोकिएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button