बिज्ञापन

के कतारले विश्वकपको बेला कामदारलाई घर पठाउँला ?

यसै वर्ष हुने फिफा विश्वकपको बेला कतार सरकारले आप्रवासी कामदारलाई घर पठाउने कुरा अफवाह मात्रै भएको अरबिक पत्रिका अल शार्कले  लेखेको छ ।

विदेशी कामदरलाई घर पठाउने र जुलाई देखि घर गएकालाई समेत कतार फर्कन नदिने हल्ला सामाजिक सन्जालमा केहि महिनादेखि व्यापक छ ।

यता विश्वकप आयोजना गर्ने सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसीले कामदार घर पठाउने कुनै योजना नै नभएको बताएको छ ।

सो विषयमा आन्तरिक मन्त्रालयले आधिकारिक श्रोत बाट मात्रै सहि सूचना लिन र कुनै हल्लाको पछाडी नलाग्न आग्रह गरेको छ ।

कुनै पनि माध्यम बाट गलत सूचना प्रचार प्रसार गर्नेलाई एक वर्षको जेल सजाय संगै दुई लाख पचास हजार रियाल सम्म जरिवाना हुनसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button