बिज्ञापन

कोरोना भाइरस : कतारमा फैलिने सम्भावना कति ?

कतारमा आजसम्म कोरोना भाइरस बाट आठ जना संक्रमित भएका छन् र यो अझै बढ्ने सम्भावना रहेको छ । उनिहरुको अवस्था सामान्य रहेको र विशेष उपचारका साथ बिरामीलाई अहिले सरुवा रोग नियन्त्रण अस्पतालमा भर्ना गरिएको छ । महत्त्वपूर्ण कुरा भाइरस अन्य देश जस्तो कतारमा फैलिने सम्भावना निकै कम रहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

गएको बिहिबार इरान बाट कतारले आफ्नो नागरिक विमान चार्टर गरि फिर्ता ल्याएको थियो । कतार ल्याउन साथ उनीहरुलाई विमानस्थल बाट सिधै एक होटेल व्यवस्था गरि क्वारेन्टाइनमा राखिएको छ । सरकारले विमानमा यात्रुको संख्या र होटेल बारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन । अहिले भाइरस संक्रमीत पनि यसै क्वारेन्टाइनमा राखिएका मध्येका हुन् । साथै उनीहरु कतारको सार्वजनिक स्थलमा घुलमेल गर्न नपाएका कारण यहाँका सर्वसाधारणमा भाइरस संक्रमीत हुने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयले बारम्बार भन्दै आइरहेको छ ।

मास्कको प्रयोग गर्ने की नगर्ने ? 

कतारमा कोरोना भाइरस (कोभीड -१९) को संक्रमितको संख्या बढे संगै स्वास्थ्यकर्मीले सर्वसाधारणमा मास्कको प्रयोग बारे स्पष्ट जानकारी दिएको छ । स्वास्थ्यकर्मीको अनुसार सार्वजनिक स्थलमा मास्क लगाउनु राम्रो बानी हो तर कोरोना भाइरसकै त्रासमा मात्र मास्कको प्रयोग बढी गर्नाले बाँकी जनमानसमा नराम्रो सन्देश पुग्नेछ ।

अहिले देशको केही मेडिकलहरुमा मास्कको अभाव देखिन थालेको छ । त्यसकारण भाइरस लागेका बिरामी वा स्वास्थ्यकर्मीको सल्लाह पाएकाहरुले मात्र मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कल सेन्टर सेवा सुचारू

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरससंग सम्बन्धित भएका जानकारी दिन अङ्ग्रेजी तथा अरबिक भाषामा कल सेन्टर सेवा सुरु गरेको छ । स्वास्थ्यकर्मी तथा सर्वसाधारणले २४ सै घन्टा हप्ताको सातै दिन कुनै समस्या परे अथवा यसबारे जानकारी लिन १६००० मा सोधपुछ गर्न सक्नेछन्  ।

कस्तो जानकारी पाईन्छ ?

१ . कोरोना भाइरस के हो र कतारमा यसको प्रभाव कस्तो छ ?

२ . यसको लक्षण के – के हुन्  ?

३ . आफूमा संक्रमण भएको शंका लागे के गर्ने ?

४ . भाइरस प्रभावित चीन र अन्य देश जान सल्लाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button