कोरोना विरुद्धको नियम पालना नगर्ने ५७९ जनलाई कारबाही
आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ४४१ र सामाजिक दुरि कायम नगर्ने १३२ जनालाई कारबाही गरेको छ । त्यस्तै सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज १ जना कारबाहीमा परेका छन् भने ३ जना एह्तेराज एप प्रयोग नगर्नेलाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन हजार रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।
One Comment