क्लब विश्वकप : कतारको अल साद्द क्लब विजयी
कतारमा आयोजना भैरहेको फिफा क्लब विश्वकपको उद्घाटन खेलमा कतारको अल साद्द क्लब विजयी भएको छ । हिजो जस्सिम बिन हमाद रंगशालामा भएको खेलमा अल साद्दले न्यू क्याम्बोडेनियाको हेहेन स्पोर्ट्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । अल साद्द क्लबमा प्रशिक्षकको भुमिका पुर्व स्पेनी खेलाडी जाभीले गरिरहेका छन् ।
अल साद्दका लागि बौनेडजाले २६,अल हस्सनले १०० र रोरोले ११४ औं मिनेटमा गोल गरेका थिए । यता हेहेन स्पोर्ट्सका लागि एक मात्र सान्त्वना गोल रोइनेले खेलको ४७ औं मिनेटमा गरे ।
हिजोको जित संगै अल साद्द प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक क्लबले शनिबार ८ बजे ब्राजिलको मोन्टेररे संग खेल्नेछ । सोही दिनको पहिलो क्वाटरफाइनल खेलमा साउदी अरबको अल हिलाल र टुनेसियाको एल टुनिससंग बेलुका ५ बजे खेल्नेछ । दुबै खेल जस्सिम बिन हमाद रंगशालामा हुनेछ ।
प्रतियोगिताको अन्य खेल हेर्नका लागि आज दिउँसो १ बजे बाट टिकट बिक्री सुरु गरिने फिफाले जनाएको छ । टिकट दर २५ देखि ४०० रियाल बिच रहेको छ ।
जस्सिम बिन हमाद रंगशाला पुग्न दोहा मेट्राेकाे रेड लाइन अन्तर्गत अल सुदान स्टेशनमा र खलिफा रंगशाला पुग्न स्पोर्ट्स सिटी स्टेशनमा झर्नुपर्नेछ । खेलको टिकट हुने दर्शकले दिनभर मेट्राेकाे निशुल्क यात्रा गर्न पाउनेछन । त्यसका लागि मेट्राे स्टेशनको टिकट काउन्टर नजिकै रहेको कार्यालय गएर कम्प्लीमेन्टरी पास लिनुपर्नेछ ।