गोदावरीमा भन्ने भयो धुर्मुस सुन्तली फाउण्डेशनले अन्तराष्ट्रिय क्रिकेट रंगशाला
धुर्मुस–सुन्तली फाउन्डेसनले ललितपुरको गोदावरी अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरेको छ ।
काठमाडौंलगायत देशका अन्य जिल्लाहरुमा रंगशाला निर्माणका लागि जग्गा हेरेको फाण्डेशनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि गोदावरीमा रहेको जग्गा फाइनल गरेको हो । गोदावरीको जग्गा सबै हिसाबले उपयुक्त देखिएकोले फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ ।
फाउण्डेशनको टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।
गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टिमले ठहर गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ । खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । जग्गा उपलब्ध गराउन कृषि मन्त्रालय सकारात्मक रहेको स्रोतले बतायो ।
फाण्डेशनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशालालाई विभिन्न इन्डोर गेमहरु पनि खेल्न सकिने गरी बहुउपयोगी बनाइने छ । रंगशाला करिब ४० हजार सिट क्षमताको हुनेछ ।