बिज्ञापन

चितवन युवा समूह कतारले रक्तदान कार्यक्रम गर्ने

बिजराज अधिकारी / दोहा

चितवन युवा समूह दोहा कतारले रक्तदान कार्यक्रम गर्ने भएको छ । रगतको बढ्दो अभाब लाई मध्यनजर गर्दै यहि अप्रिल १ तारिक शुक्रबारका दिन रक्तदान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष श्याम कुमार पाण्डेले जानकारी दिनुभयो ।

बिहान ८ बजे बाट ११ बजे सम्म हुने रक्तदान कार्यक्रम हमाद हस्पिटलसग को सहकार्यमा हुन लागेको हो । कार्यक्रम हमाद हस्पिटल परिसरमा हुने जनाइएको छ ।

कार्यक्रममा सहभागी भइ रक्तदान जस्तो पुण्य कार्य लाई सफल बनाइदिनका लागि संस्थाले कतारमा रहेका सम्पुर्ण नेपाली समुदायमा अपिल पनि गरेको छ ।

कार्यक्रम ब्यबस्थापनका लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ । सुमन भारतीको संयोजकत्वमा कार्यक्रमको ब्यानर र प्रमाणपत्र ब्यस्थापन समिती छ भने कार्यक्रमको प्रचार प्रसार को लागी प्रचार बिभाग प्रमुख तथा प्रबक्ता बिजयराज अधिकारिको संयोजकत्वमा समिती गठन गरिएको छ ।

कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुका लागि यातायात को ब्यबस्था भएको सस्थाका महासचिव प्रकाश अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button