"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

छ वर्षमा पनि मर्मत भएन भन्सारमा सामान जाँच्ने स्क्यानर मेशिन

नेपालगन्ज, मंसिर १३-

नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ गत ६ वर्षदेखि बिग्रिएर थन्किए पनि हालसम्म मर्मतसम्भार नहुँदा मालसामान चेकजाँचमा समस्या भइरहेको छ । जमुनाह नाकामा रहेको यात्रु आगमन कक्षमा राखिएको ‘लगेज स्क्यानर मेसिन’ सञ्चालन नहुँदा मालसमान जाँचपासमा समस्या भएको हो ।

भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नाकामा राखिएको ‘लगेज स्क्यानर मेसिन’ बिग्रिएर थन्किएपछि भन्सार कर्मचारीले हातैले मालसामान छामेर जाँच गर्नुपर्ने बाध्यता रहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

यो समाचार गोरखापत्र दैनिकमा छ, लम्सालका अनुसार अन्तर्राष्ट्रिय सीमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजताका लागि भन्सार विभागले २०७४ सालमा नेपालगन्ज भन्सार कार्यालयलाई लगेज स्क्यानर मेसिन खरिद गरी पठाएको थियो।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार उक्त मेसिन जमुनाह नाकास्थित भन्सार कार्यालयको यात्रु आगमन कक्षमा लगेर राखेको दुई वर्षपछि बिग्रिएकोमा हालसम्म पनि मर्मत गरिएको छैन ।

दैनिक हजारौँ सर्वसाधारण यात्रु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रिँदा भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान हातैले छामछुम पार्दै जाँच गर्ने गरेका छन् ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बिग्रेको स्क्यानर मेसिनलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन कठिन भएकाले नयाँ मेसिन खरिद गर्नुपर्ने र सोभन्दा अघि उक्त मेसिनका लागि आवश्यक भवनदेखि जग्गा र प्राविधिकको व्यवस्था गर्नुपर्ने बताए ।

पुरानो मेसिन मर्मतमा धेरै बजेट लाग्ने भएकाले नयाँ स्क्यानर मेसिन खरिद र यात्रु कक्ष सुधारका लागि भन्सार विभागमा जानकारी गराएको उनको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले लगेज स्क्यानर मेसिन बिग्रिएको छ वर्षसम्म पनि मर्मतसम्भार वा नयाँ खरिद गर्न नसक्नु सम्बन्धित निकायको बेवास्ता र लापर्बाही भएको बताए ।

लगेज स्क्यानर मेसिन सञ्चालन नहुँदा सामान जाँचमा बढी समय लाग्दा गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुले पनि झन्झट बेहोर्नु परिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button