टिकटक लाइभमा जथाभावी बोल्ने चार जना पक्राउ
सामाजिक सन्जाल टिकटक लाइभ मार्फत घृणा फैलाएको आरोपमा चार नागरिक पक्राउ परेका छन् ।
आन्तरिक मन्त्रालयले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै चार व्यक्तिहरूलाई सामाजिक सञ्जाल मार्फत एकअर्कालाई धम्की दिदै घृणा तथा वैमनस्यता फैलाएको आरोपमा पक्राउ गरिएको बताएको छ। पक्राउ परेकाहरुलाई थप कारबाहीको लागि सार्वजनिक अभियोजनमा पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पक्राउ पर्नेहरु कुन देशको नागरिक भनेर विज्ञप्तिमा खुलाईएको छैन ।
समाजको संरचनामा नोक्सान पुर्याउने गतिविधिहरूलाई मन्त्रालयले सहन नगर्ने र कानुनको उल्लङ्घन हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न मन्त्रालयले चेतावनी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
60
मनपर्यो
16
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
52
हाँसो लाग्यो
1
रीस उठ्यो