डिजलको भाउ बढ्याे
कतार पेट्रोलियम (क्युपी)ले फेब्रुअरी महिनाका लागि तेलको भाउ निर्धारण गरेको छ ।
क्युपीले यो महिना सुपर पेट्रोलमा भाउ ५ दिर्हाम घटाएको र डिजलको भाउमा ५ दिर्हाम बढाएको छ । साथै प्रिमियम पेट्रोल भाउ भने यथावत राखेको छ ।
Qatar Petroleum announces the diesel and gasoline prices for the month of February 2020#QP #QatarPetroleum #Qatar#fuel #gasoline #diesel pic.twitter.com/CK4Pv0iOMu
— Qatar Petroleum (@qatarpetroleum) January 31, 2020
फेब्रुअरी महिनामा प्रिमियम पेट्रोलको १.७५,सुपरको १.८५ र डिजलको १.९० रियाल प्रती लिटर पर्नेछ ।
क्युपीले गएको ५ महिना देखि डिजलको भाउ बढाएको थिएन । त्यस्तै पेट्रोलको भाउ पनि डिसेम्बरमा बढ्नु अघि सेप्टेम्बर , अक्टोबर र नोवेम्बर महिनामा सम्म उकालो लागेको थिएन ।
सन् २०१६ को अप्रिल देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्थ्यो । २०१७ को सेप्टेम्बर देखि भने कतार पेट्रोलियमले तेलको भाउ निर्धारण गर्दै आइरहेको छ ।
तेलको भाउ घटबढ हुन अघि कतारमा सुपर पेट्रोलको १.३० , प्रिमियमको १.२० र डिजलको १.४० रियाल प्रती लिटर रहेको थियो ।