तीन महिनापछि दैनिक कोरोना संक्रमितको संख्या एक सय भन्दा तल
करिब तीन महिनापछि कतारमा दैनिक कोरोना संक्रमितको संख्या एक सय भन्दा तल झरेको छ ।
आज देशभर थप ८२ जनामा कोरोना भाइरस संक्रमण र १७३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ७९ जना स्थानिय र ३ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,५९,०२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १३,३४२ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – २६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७ जना
निको हुनेको संख्या : ३,५७,०५७
आज सम्म खोप वितरण : ६४,७४,३०३
बुस्टर डाेज खोप वितरण : १३,४०,५५२
आजको खोप वितरण : १,८३८
निको हुन बाँकीको संख्या : १,२९६
ज्यान जानेको संख्या : ६७० जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment